७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

एनएमबि बैंकको सेयर बिक्रीमा

नागरिक पोष्ट

शुक्रबार, ७ चैत्र २०८१

375 views

375 views

एनएमबि बैंकको सेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।


उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?