७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

लुयानको एमएनके ३ को अपग्रेडेड भर्सन सार्वजनिक, यस्तो छ फिचर

नागरिक पोष्ट

बिहीबार, ६ चैत्र २०८१

1412 views

1412 views

लुयानको एमएनके ३ को अपग्रेडेड भर्सन सार्वजनिक, यस्तो छ फिचर

काठमाडौं, ७ चैत्र । नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल एमएनके ३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ ।

आफ्नो परफर्मेन्स, पिकअप, र आधुनिक डिजाइनका कारण नेपाली बजारमा राम्रो छवि बनाइसकेको लुयानले १८० एमएम ग्राउन्ड क्लियरेन्स दिने अपग्रेडेड भर्सन ल्याएको हो ।

७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्रीसहित दुई भेरियन्टमा उपलब्ध भएको यो स्कुटरले एकपटकको फुल चार्जमा अधिकतम् १२० किमीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

एमएनके ३ मा रिजनरेटिभ ब्रेकिङ सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम, फराकिलो लेगरूम, र आकर्षक डिजाइन जस्ता विशेषताहरू छन् । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख ९२ हजार ६ सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?