६ चैत्र २०८१, बिहीबार
ताजा खबर

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

नागरिक पोष्ट

बिहीबार, ६ चैत्र २०८१

1276 views

1276 views

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो ।


अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन कमिटीले भोट हालेको विधार्थीको कार्ड भोलि दिने गरि राखेको छ ।
मतदानस्थलमा पत्रकारलाई समेत प्रवेश निषेध गरिको छ ।

पद्मकन्या क्याम्पसमा नेविसंघबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार छिन् । यहाँ एमाले र मओवादी निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका छन् ।


सभापतिमा अनेरास्ववियुबाट सुनिता घिमिरेको उम्मेदवारी छ । दुई संगठनको भागबण्डाअनुसार अनेरास्ववियु क्रान्तिकारीलाई सचिव पद दिइएको छ । उक्त पदमा सदीक्षा पोखरेल उम्मेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?