८ चैत्र २०८१, शनिबार
ताजा खबर

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

नागरिक पोष्ट

बिहीबार, ६ चैत्र २०८१

1446 views

1446 views

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

हेटौंडा, ७ चैत्र । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ ।

बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।

बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

ग्याँस भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?