११ फाल्गुन २०८१, आईतवार
ताजा खबर

कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य

नागरिक पोष्ट

आईतवार, ११ फाल्गुन २०८१

137 views

137 views

कमल थापा भन्छन्- राज्यसँग युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको जिकिर गरेका छन् ।

आइतबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको सिआन पुनः स्थापना केन्द्र अवलोकन गर्दै उनले भने, ‘लाखौँ युवाहरू विदेशका सहर र गल्लीमा भौँतारिएका छन् भने स्वदेशमा भएका ठुलो संख्याका युवाहरू पनि दुर्व्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य हो ।’

थापाले दुर्व्यसनमा फसेकालाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएकोमा जोड दिए ।

दुर्व्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेर्न जरुरी नभएको भन्दै उनले सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराउन बल गर्नुपर्नेसमेत उनले बताए ।

सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा थापाले खुसी व्यक्त गरे । विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरूको उद्धार र पुनः स्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?