बिहीबार, ८ फाल्गुन २०८१
392 views
392 views
काठमाडौं । एकीकृत समाजवादीको आजका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको आज निधनपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले आजका लागि तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको जानकारी दिए । बैठकका लागि नौवटा कार्यसूची तय गरिएको गरिएको थियो ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।