९ फाल्गुन २०८१, शुक्रबार
ताजा खबर

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

नागरिक पोष्ट

बिहीबार, ८ फाल्गुन २०८१

1038 views

1038 views

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

कास्की । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहको उद्घाटनका लागि प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।

समारोह पोखरा महानगरपालिका– ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।

समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थीलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य दिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?