२६ माघ २०८१, शनिबार
ताजा खबर

क्यान इन्फोटेक २०२५ मेलामा ७० प्रतिशतसम्म छुट सहितका आकर्षणहरु

नागरिक पोष्ट

शनिबार, २६ माघ २०८१

1021 views

1021 views

क्यान इन्फोटेक २०२५ मेलामा ७० प्रतिशतसम्म छुट सहितका आकर्षणहरु

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा माघ २४ गते बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ ।
 काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ ।  इन्फोटेकको ३०औं संस्करण मेलामा सूचना प्रविधि सम्बन्धीका कम्पनीले आफ्ना वस्तु तथा सेवाहरू प्रर्दशन सँगै छुटका योजनाहरु राखेका छन् ।

मेलामा विभिन्न कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्नका लागि आफ्ना कम्पनीका उत्पादन ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । विभिन्न कम्पनीले स्मार्टवाच, टिभी, ल्यापटप, प्रिन्टर, कम्प्युटरलगायतका सामानमा मेलाअविधभर ७० प्रतिशतसम्म छुट दिएको छ । मेलाअवधिभर पसलमै जाँदा पनि ३० देखि ७० प्रतिशत छुटमा ल्यापटप खरिद गर्न सकिने जनाइएको छ । त्यस्तै किकले एयर बर्ड र स्मार्टवाच खरिद गर्दा ७० प्रतिशतसम्म छुट दिएको छ । कुनै पनि सामान खरिदमा डिस्काउन्ट अफरसमेत पाउने व्यवस्था छ । त्यस्तै, एउटा किन्दा अर्को फ्रि अफर पनि उपलब्ध रहेको छ ।

सूचना प्रविधि क्षेत्रले देशलाई आर्थिक मन्दीबाट ट्र्याकमा ल्याउन सक्छ : क्यान महासंघ अध्यक्ष घिमिरे

 

प्रर्दशनीमा डिजिटल एड्रेसिङ सिस्टम ‘कता हो’ को स्टल राखिएको छ । जुन नेपालको आफ्नै डिजिटल ठेगाना प्रणाली हो । देशभर जहाँसुकैको डिजिटल ठेगाना प्लेट तयार गर्न सकिने ग्रिडमा आधारित सप्टवेयर तथा मोबाइल एप्लिकेशन हो ।

नेपाली शब्दमार्फत सजिलै सम्झन र बोलेर सेयर गर्न सकिने देशभरको जुनसुकै स्थानको डिजिटल ठेगाना तयार गर्न सकिने नवीनतम प्रविधि ‘कता हो’ हो । यो एप निःशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

प्रदर्शनीमा भोला फुड्सको पनि स्टल देख्न सकिन्छ । जसले विभिन्न स्कुल, अफिसलाई खाजा डेलिभरी गर्दै आएको छ । त्यस्तै, भोला फुड्अन्तर्गतकै कौशला तालिम घरले एक दिने बरिस्टा तालिम कोर्ष १५ सय रुपैयाँमा सञ्चालन गरिने अफर ल्याएको छ ।

त्यसैगरी, प्रर्दशनीमा कोइली मर्चेन्ट क्युआरको स्टल अवलोकन गर्न सकिने छ । विभिन्न होटल रेष्टुरेन्टमा क्युआर कोडमार्फत बिल तिर्दा भ्वाइस नोटिफिकेसनको विशेषता यसमा रहेको छ । यो सेवा लिनका लागि नजिकैको खाता भएको बैंकमा गएर बुझ्न सक्नेछन् । त्यस्तै, प्रदर्शनीमा बुक स्टलसमेत रहेको छ । किताब पढ्ने अवलोकनकर्ताले डिस्काउन्ट अफरमा किताब किन्न सक्छन् ।
प्रदर्शनीमा राइड सेयरिङ एप ‘टुटल’को पनि स्टल देख्न सकिन्छ । त्यस्तै, रोबटिक्स एशोसिएन नेपालले आफ्नो नवीनतम उत्पादन स्टल प्रदर्शनमा राखिएको छ । ग्रिन लाइफ एक्सपिरेन्सको स्टलमा छुटसहितको एयरबर्ड, वाचलगायतका उत्पादन अवलोकन गर्नुका साथै खरिद गर्न सकिने सुविधा छ ।

त्यसबाहेक प्रर्दशनीमा नेपाल क्यान मुभको स्टल भिजिट गर्न सकिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरिअर सेवा उपलब्ध गराउँदै आएको उक्त कम्पनीको बारेमा त्यहाँ गएर थप बुझ्न सकिन्छ ।

३०औं क्यान इन्फोटेकको प्रमुख प्रायोजनमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टम रहेका छन् । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?