१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

नागरिक पोष्ट

शनिबार, २७ पुष २०८१

2738 views

2738 views

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ

पोखरा । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।

विदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलो पटक स्काई डाइभिङ सुरु गरेका हुन ।

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ । उसका अनुसार सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा शुक्रबार देखी स्काई डाइभिङ सुरु गरेका हुन्, जो २१ जनवरीसम्म जारी रहनेछ ।

यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको र भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्नेछ।

जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?