आईतवार, ९ मंसिर २०८१
120 views
120 views
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म आयात शून्य दशमलव १७ प्रतिशतले बढेको हाे ।
गएको आर्थिक वर्षको यही अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।
यस्तै यस अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ४ दशमलव १६ प्रतिशतले बढी हो ।
गएको आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको साउनदेखि कार्तिक सम्ममा समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ । विभागका अनुसार चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा शून्य दशलव २६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिक व्यापार शून्य दशलव ५३ प्रतिशतले बढेको छ ।