१७ चैत्र २०८१, सोमबार
ताजा खबर

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी

नागरिक पोष्ट

आईतवार, ९ मंसिर २०८१

4064 views

4064 views

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी

काठमाडौं  । अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक प्रहार गरेका छन्। अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेटमा शनिबार ब्याटिङ सुरु गरेका जैसवालले आइतबार बिहान शतक बनाएका हुन्। २०५ बलको सामना गरेका उनले तीन छक्का र ८ चौकाको मद्दतमा १०१ रन बनाउँदै शतक पूरा गरेका हुन्।

ओपनर केएल राहुल र जैसवाल नटआउट २०१ रन बनाएर बनाए। राहुलले १७७ बलमा पाँच चौकाको मद्दतमा ७७ रन बनाएर आउट भए । भारतका ओपनर द्वय राहुल र जैसवालले नटआउट दुई सय रनको साझेदारी गरेका छन्। राहुल २०१ रन बनाएपछि आउट भएका हुन्।

टेस्टको पहिलो दिन शुक्रबार भने भारत ४९.४ ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटिएको थियो। जवाफी ब्याटिङ गरेको अस्ट्रेलिया १०४ रनमा समेटिएको थियो। भारतले जसप्रित बुमराह को कप्तानीमा अस्ट्रेलियासँग उसकै मैदानमा टेस्ट खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?