आईतवार, ९ मंसिर २०८१
3860 views
3860 views
काठमाडौं । इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ।
निकोलास ज्याक्सन र एन्जो फर्नान्डेजको गोलमा चेल्सीले लिसेस्टर सिटीलाई २-१ ले हराएको हो। १५ औँ मिनेटमा फर्नान्डेजले दिएको पासमा ज्याक्सनले पहिलो गोल गरेका थिए। उनको यो चौथो खेलमा पाँचौं गोल हो।
७५ औँ मिनेटमा फर्नान्डेजले रिबाउन्डमा हेड गोल गरेका थिए। लिसेस्टरका लागि जे आयुले अन्तिम समयमा पेनाल्टीमा गोल गरे।
तालिकामा चेल्सी २२ अङ्कसहित तेस्रो स्थानमा छ भने लिसेस्टर १० अङ्क सहित १६ औँ स्थानमा छ।