बुधबार, २८ कार्तिक २०८१
596 views
596 views
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ गते पाँच दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
मंसिर ५ देखि ९ गतेसम्म जनरल द्विवेदीले नेपाल भ्रमण गर्ने तय भएको नेपाली सेनाले बुधबार जानकारी दिएको छ।
भ्रमणका दौरान द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफललगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया र पश्चिम पृतना हेडक्वार्टर पोखराको भ्रमण गर्ने कार्यक्रम छ।
भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।
साथै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री, रक्षामन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।