मंगलवार, २७ कार्तिक २०८१
5254 views
5254 views
काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ।
फिल्मले रिलिज भएको ११ औँ दिन (आइतबार) सम्म २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।
फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख कमाएको छ । त्यसैगरी सोमबारयता पनि फिल्मको कमाई शानदार छ ।
फिल्म अहिले पनि देशभर हाउसफूलसाथ चलिरहेकाले नयाँ कीर्तिमान बनाउने बाटोमा अगाडि बढेको छ ।
फिल्मले कयौँ कीर्तिमान बनाउने क्रममा देशभरमा एकैदिन ४८० भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ । यसअघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।