७ कार्तिक २०८१, बुधबार

ताजा खबर

साउनमा करिब ३ अर्बको खाद्यान्न आयात

नागरिक पोष्ट

शनिबार, ८ भाद्र २०८१

1378 views

1378 views

साउनमा करिब ३ अर्बको खाद्यान्न आयात

काठमाडाैं, ८ भदौ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना साउनमा नेपालले करिब ३ अर्ब रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

धान, मकै, गहुँ लगायत विभिन्न खाद्यवस्तु भारत, चीन, मेक्सिको, जर्मनी लगायतका मुलुकबाट आयात गरिएको विभागले जनाएको छ ।

यस अवधिमा नेपालबाट १५ लाख ९५ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ ।

सरकारले खाद्यान्नको कारोबारबाट २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?