७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कलाकार विपीन कार्कीलाई जन्मदिनमा मातृशोक

नागरिक पोष्ट

बिहीबार, ६ भाद्र २०८१

2245 views

2245 views

कलाकार विपीन कार्कीलाई जन्मदिनमा मातृशोक

काठमाडौं  । कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कलाकार विपीनको आज जन्म दिन हो । जन्मदिनको दिन कार्कीले आफ्नी ममतामयी आमा गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?