३१ भाद्र २०८१, सोमबार

ताजा खबर

काठमाडौंमा गाईजात्राकाे राैनक

नागरिक पोष्ट

मंगलवार, ४ भाद्र २०८१

2143 views

2143 views

काठमाडौंमा गाईजात्राकाे राैनक

काठमाडौं । काठमाडौंमा मंगलबार नेवारी समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइएको छ । आज बिहानैदेखि यहाँका विभिन्न क्षेत्रमा गाईजात्रा निकालिएको हाे।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई र मानिसलाई श्रृङ्गारी बजार परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

देशका विभिन्न सहरमा मनाइने भएपनि उपत्यकामा भने गाईजात्राको विशेष रौनक देखिन्छ ।

 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?