७ कार्तिक २०८१, बुधबार

ताजा खबर

विश्व फोटोग्राफी दिवस नेपालमा पनि मनाइँदै

नागरिक पोष्ट

सोमबार, ३ भाद्र २०८१

2619 views

2619 views

विश्व फोटोग्राफी दिवस नेपालमा पनि मनाइँदै

काठमाडौं।  आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर ‘ह्विइन माउन्टेन स्माइल’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।


ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्‌घाटन गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए । 

 प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बन्धित तस्वीरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।


एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा  मनाउँदै आइरहेको छ। अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू  प्रदर्शनीमा राखिएको थियो। 

 

पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?