सोमबार, ३ भाद्र २०८१
4795 views
4795 views
पशुहरूकाे आत्मामा इश्वरकाे बास हुन्छ ।
इश्वरकै श्रृष्टि हुन तिनि,हाम्रै जस्तै सास हुन्छ ।।
आउनुहाेस्
पशुपन्छि कै सेवामा समर्पित हाैं हामी ।
पशु कल्याणाकाे लागि
एनिमल नेपालकाे सधैं साथ हुन्छ ।।
काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पशु सेवा विभाग र एनिमल नेपालकाे राेवरमा बिहीबार ललितपुरमा आयोजना गरेको पशु ढुवानी मापदण्ड-२०६४ कार्यान्वयनको अवस्था, समस्या र समाधानसम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पशु कल्याण ऐनको एक छलफल कार्यक्रममा पशु कल्याण ऐनको मस्यौदा ६ महिनामा तयार हुने बताए ।
पछिल्लो समय पशु कल्याणको आवश्यकतामा भन्दा कार्यान्वयनका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले ल्याउने कानुन व्यावहारिक रूपमा, सामाजिक रूपमा र हाम्रो भौतिक संरचनाले धान्ने हुनुपर्छ,’ उनले भने ।
पशु सेवा विभागका उपमहानिर्देशक डा. विनयकुमार कर्णले पशु कल्याण विषयमा एक्लै विभागको मात्रै जिम्मेवार नभएकोले सबैको जिम्मेवारी भएको बताए । पशु ढुवानी मापदण्ड २०६४ ले सवारी साधनको संरचना, पशुको सङ्ख्या, ढुवानी कर्ताको ठेगाना, नम्बर लागत विभिन्न विषयलाई सम्बोधन गरेको बताए ।
जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले पशु कल्याणका विषय ओझेलमा परेको भन्दै जनावरको ढुवानी गर्ने क्रियाकलापप्रति असन्तुष्टि जनाएको छ ।
एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले हरेक जीवित प्राणीको स्वतन्त्र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरोकारवालाहरू समक्ष अपील गरिन् ।
‘मानव अधिकारका बारेमा धेरै चर्चा भए पनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतना स्तरलाई जति सक्दो धेरै बढाउनुपर्यो र छिट्टै पशु कल्याण ऐन पनि ल्याउनुपर्यो,’ उनले भनिन् ।