७ कार्तिक २०८१, बुधबार

ताजा खबर

युवा समाजसेवी अविनाश तामाङ   एसिया  नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित

नागरिक पोष्ट

आईतवार, २ भाद्र २०८१

2857 views

2857 views

युवा समाजसेवी अविनाश तामाङ   एसिया  नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित

बैंकक  ।   युवा समाजसेवी तथा बागमती  प्रदेश युवा  परिषद  रसुवाका  अध्यक्ष  अविनाश तामाङ   एसिया  नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् । 

शैली  मिडिया नेटवर्क प्रालि को आठौं  वार्षिकोत्सवको अवसरमा  बैंककमा आयोजना गरिएको एसिया  नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत राष्ट्रिय युवा समाजसेवी   सम्मान बाट प्रमुख  अतिथि एनआरएनए थाइल्यान्ड अध्यक्ष  भविन्द्र बस्नेतले  तामाङलाई सम्मान गरेका हुन् ।


कार्यक्रममा  शैली  मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान  गरिएको  बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

 

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला तामाङ  विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।


देशलाई  आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध प्रखर वक्ता, समाजसेवी,  समेत हुन् । लामो समय महिला बाल बालिका  शिक्षा ,युवा ,पर्यटन ,खेलकुद लगायतका क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका तामाङ  विभिन्न संघसंस्थामा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?