७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

2177 views

2177 views

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्‌घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् ।

यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । 


‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ ‘ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?