७ कार्तिक २०८१, बुधबार

ताजा खबर

कोटिहोमको अन्तिम दिन विजयकृष्ण मूर्तिलाई प्रहरीले किन पक्राउ गर्न खोज्यो

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

2279 views

2279 views

कोटिहोमको अन्तिम दिन विजयकृष्ण मूर्तिलाई प्रहरीले किन पक्राउ गर्न खोज्यो

काठमाडौँ । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोम स्थल तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र हुल हुज्जत गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्ण समर्थकबिचबाट बोल्दै आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

प्रहरीले सोधपुछ गरे लगत्तै आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?