२९ माघ २०८१, मंगलवार
ताजा खबर

टान निर्वाचनः शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सपोटाको समूहलाई साथ दिने

नागरिक पोष्ट

शुक्रबार, ३२ श्रावण २०८१

5679 views

5679 views

टान निर्वाचनः शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सपोटाको समूहलाई साथ दिने

काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सपकोटाको समूहलाई समर्थन गरेर साथ दिने भएको छ । बिहीबार काठमाडौँको एक होटलमा संघका प्रतिनिधि र राजेन्द्र सापकोटा समूहको प्रतिनिधिको बीचमा भएको छलफलमा सहमति जुटेको हो ।

वरिष्ठ पर्यटन व्यवसायी सिएन पाण्डेले शेर्पा पर्यटन व्यवसायी संघले राजेन्द्र सपोटाको समूहलाई साथ दिने समझदारी बनेको जानकारी दिनुभयो । योसँगै सापकोटाले टानको निर्वाचनमा विभिन्न समूहको खुला साथ पाउने भएका छन । सापकोटालाई नेपाली कांग्रेस र नेकपा एमाले निकटका पर्यटन व्यवसायी संस्था र माओवादी निकटका केही व्यवसायीले पनि साथ दिने घोषणा यसअघि नै गरिसकेका छन ।

 


टानको आगामी भदौँ १७ गते हुने वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा सापकोटासँगै नेकपा माओवादी केन्द्रका नेता सागर पाण्डे प्रतिस्वर्धा गर्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?