७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काभा महिला भलिबल खेल्ने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

नागरिक पोष्ट

शुक्रबार, ३२ श्रावण २०८१

2109 views

2109 views

काभा महिला भलिबल खेल्ने खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काभा महिला भलिबल लिगमा उपविजेता बनेको नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

 

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट खेल्ने १४ जना खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद्ले नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार तथा सम्मान वितरण गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?