७ कार्तिक २०८१, बुधबार

ताजा खबर

अरुण नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध

नागरिक पोष्ट

बुधबार, ३० श्रावण २०८१

2228 views

2228 views

अरुण नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध

संखुवासभा । संखुवासभास्थित अरुण नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ ।

निरन्तरको वर्षाले मकालु गाउँपालिकाकाे फाक्सिन्दा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।


यसैबीच स्थानीय प्रशासनले आफू बसोबास गर्ने आसपासका खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?