७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा

नागरिक पोष्ट

बुधबार, ३० श्रावण २०८१

2619 views

2619 views

आज यी प्रदेशमा हुनेछ मध्यमदेखि ठूलो वर्षा

काठमाडौं  । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।


आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?