३ आश्विन २०८१, बिहीबार

ताजा खबर

नाडा अटो शोको आकर्षण बन्दै डीपलको ‘एल ०७’

नागरिक पोष्ट

मंगलवार, २९ श्रावण २०८१

1803 views

1803 views

नाडा अटो शोको आकर्षण बन्दै डीपलको ‘एल ०७’

काठमाडौँ । चीनको केन्द्र भागमा पर्ने शहर सीआनको प्राचीन नाम हो ‘छाङआन’ । रेसम मार्ग (सिल्क रोड)कै एक हिस्साको रुपमा रहेको यो प्राचीन सहरको नाममा चार दशक अघि यो कम्पनी स्थापना भएको थियो । यसैलाई चीन बाहिर भने ‘चाङआन’ भनिन्छ । चाङआन अटोका अन्य सहायक ब्राण्डहरु पनि छन्, डीपल, अवतार, नेभो र खाइ छङ ।

चीनका प्रमुख चार अटोमोटिभ ग्रुपमध्येको एक हो, चाङआन । उसको लोकप्रिय ईभी ब्राण्ड डीपलले अहिलेसम्म तीन वटा मोडेलमा कार उत्पादन गरेको छ । एल ०७, एस ०७ र जी ३१८ नाम दिइएका यी शानदार गाडीहरु अहिले विश्व बजारमा टेस्लासँग प्रतिस्पर्धा गरिरहेका छन् ।


यिनैमध्येको एक एल ०७ (L07) कार हालैमात्र नेपाल भित्रिएको छ । एसअघि एस ०७ (S07) कारमात्रै नेपाल आएको थियो । उक्त कार नेपाल भित्रिएको ४ महिनामा साढे ३ सयको संख्यामा विक्री भइसकेको छ । यससँगै नयाँ गाडी पनि नेपाल भित्रिएको हो ।

नेपालमा डीपलका गाडी आयात गरी विक्री गर्ने अख्तियारी पाएको ‘एमएडब्ल्यू वृद्धि अटोकर्प’ले नयाँ एल ०७ लाई आसन्न नाडा अटो शोमा प्रदर्शन गर्ने भएको छ । कम्पनीले ६६ लाख ९९ हजार मूल्य तोकेको यो आकर्षक गाडी आगामी नाडा अटो शोको एक आकर्षण बन्ने छ ।

यो कार डीपलको अहिले विक्री भइरहेको एस ०७ भन्दा ८ लाख सस्तो पर्छ । यसले पनि अति आकर्षक यो कारको विक्री बढ्ने विश्वास एमएडब्ल्यूले लिएको छ ।

उक्त नयाँ कार पनि असाधारण सुरक्षा फिचर्सहरुले भरिएको छ । भन्नलाई सेडान भनिए पनि यो ह्यासब्याक कार हो । एस ०७ भने एसयुभी हो । त्यसैले एल ०७ कार अहिले बजारमा उपलब्ध डीपलको एसयुभीभन्दा लामो तर होचो र केही साँघुरो हुने छ । यद्यपि, यो गाडी साढे ६ फुट चौडा र साढे १५ फुट लामो छ । कारको कुल तौल २ हजार ३५ किलो हुने कम्पनीले जनाएको छ ।


एल ०७ मा पनि एस ०७ कै जस्तो ९९ किलोवाट मोटर राखिएको छ भने ६६.८ किलोवाट घण्टा (६६ हजार ८०० युनिट) क्षमताको ब्याट्री जडान गरिएको छ । यो ब्याट्री एक पल्ट फुल चार्ज गरेपछि ५४० किलोमिटर कुदाउन सकिने दाबी कम्पनीको छ । यद्यपि, नेपालको बाटोमा एसी चलाएर कुदाउँदा पनि ४१० किलोमिट कुद्ने कम्पनीले जनाएको छ ।

उक्त ब्याट्री एक पल्ट फुल चार्ज गर्न ६० किलोवाटको डीसी चार्जर प्रयोग गर्ने हो भने १ घण्टामै चार्ज हुन्छ । तर नेपालमा निजी क्षेत्रले बनाएका अधिकांश चार्जिङ स्टेशनहरु ३० किलोवाट क्षमताको भएकाले २ घण्टामा फुल चार्ज हुनसक्छ ।

कार भए पनि यस गाडीको ‘ग्राउण्ड क्लियरेन्स’ १६० मिलिमिटर छ । यसले लामो र छोटो दुबै किसिमका यात्रामा सहज बनाउने कम्पनीले जनाएको छ । डीपलको गाडीमा फ्रेम–लेस सिसाका झ्याल भएको कारण युवाहरुका लागि एक आकर्षण बनेको छ ।


१६ वटा स्पिकर राखिएको यो कारमा साउण्ड सिस्टम पनि असाध्यै राम्रो छ । स्क्रीन त झनै बब्बाल छ । गाडी भित्रै बसेर ३६० डिग्री भ्यू हेर्न सकिने भएकाले यो कार सुरक्षा र मनोरञ्जन दुबैका निम्ति असाध्यै राम्रो छ । यो गाडीलाई साइडबाट हेर्दा यसको सिसाका झ्यालहरु एक सुन्दर युवतीको गाजलु आँखाजस्तै देखिन्छन् ।

थुप्रै क्यामेराहरुले गाडी चलाउन, पार्किङ गर्न मद्दत गर्छन् । धेरै स्वचालित प्रणालीहरु जडान गरिएको यो कारमा चालक गाडी छोडेर टाढा जाने वित्तिकै झ्यालका सीसाहरु आफैँ बन्द हुन्छन् । डिजिटल कन्ट्रोल प्रणाली असाध्यै राम्रो छ ।

लुक्स र फिचर्स दुबैमा अब्बल यो कार नेपाली बजारमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?