७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज २०८१ साल साउन २८ गते सोमबार को राशिफल

नागरिक पोष्ट

सोमबार, २८ श्रावण २०८१

6138 views

6138 views

आज २०८१ साल साउन २८ गते सोमबार को राशिफल

आज – २८ साउन २०८१ सोमवार को राशिफल
– ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?