२३ भाद्र २०८१, आईतवार

ताजा खबर

नक्सालमा प्रिमियम ईभी स्काइवेलको शोरुम खुल्दै

नागरिक पोष्ट

शुक्रबार, २२ असार २०८१

3061 views

3061 views

नक्सालमा प्रिमियम ईभी स्काइवेलको शोरुम खुल्दै

काठमाडौं । काठमाडौंको नक्सालमा प्रिमियम ईभी स्काइवेलको शोरुम सञ्चालनमा आउने भएको छ ।

 

स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले नक्सालको नारायणचौरमा शोरुम स्थापना गर्न लागेको हो । शोरुम आगामी दुई साताभित्रै औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

जी मोटर्सले नेपाली बजारमा स्काइवेलको प्रिमियम ईभी ईटी५ बिक्री–वितरण गर्दै आएकाे छ ।

स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।

ईटी५ ले नेपाली बजारमा सबैभन्दाबढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?