मंगलवार, २९ जेष्ठ २०८१
7753 views
7753 views
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको तयारी थालेको छ । तयारी अन्तर्गत हिजाे आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमा सरोकारवालाहरुबाट सुझाव आह्वान गरिसकेकाे छ ।
राष्ट्र बैंककी डेपुटि गर्भनर डा. निलम ढुङ्गाना तिम्सिनाले मौद्रिक नीतिको तेस्रो समीक्षामा लचिलो नीति अपनाएको भन्दै आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी लचिलो मौद्रिक नीति ल्याउने बताइन्।
अब आउने मौद्रिक नीतिले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशको मूल्य वृद्धि सिमित गर्ने लक्ष्यलाई सघाउ पुग्ने गरी मौद्रिक नीति जारी हुने उनको भनाइ छ।
उनले भनिन्, ‘माैद्रिक नीतिकाे तेस्राे समिक्षाबाटै हामीले व्यवसायी मैत्री खुकुलाे नीति अवलम्बन गरीसकेका छाैँ । सजगतापूर्वक आवस्यकता अनुसार लचिलाे मौद्रिक नीति आउँछ ।’
आगामी आर्थिक वर्षकाे बजेटलाई सहयाेग पुग्ने माैद्रिक नीति आउने उनकाे भनाइ छ ।
आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट मार्फत सरकारले व्यवसायिक वातावरण सुधार गरी आर्थिक क्रियाकलाप बढाउने प्रयास गरेको डेपुटी गर्भनर तिम्सिनाकाे भनाइ छ ।
वित्तिय क्षेत्रलाई समेट्ने गरी बजेट आएको भन्दै उनले यसको कार्यान्वयनमा जोड दिनुपर्ने आवस्यकता औंल्याइन् ।