४ चैत्र २०८१, मंगलवार
ताजा खबर

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

नागरिक पोष्ट

मंगलवार, ४ चैत्र २०८१

1293 views

1293 views

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन अन्तिम चरणमा आएर स्थगित भएको छ ।

सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।
निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।

सरोकारवाला पक्षासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको निर्वाचन सिमित संयोजक भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?