४ चैत्र २०८१, मंगलवार
ताजा खबर

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)

नागरिक पोष्ट

मंगलवार, ४ चैत्र २०८१

1616 views

1616 views

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान जारी (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

त्रिभुवन विश्वविद्यालय मातहत रहेका मध्ये ४६ आङ्गिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भइरहेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।


उनले विवाद भएका विभिन्न १३ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अगाडि बढाउने समझदारीको प्रयास भइरहेको जानकारी दिए ।

त्रिविका कतिपय आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्विरोध भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?