१२ श्रावण २०८१, शनिबार

ताजा खबर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नागरिक पोष्ट

बुधबार, २३ जेष्ठ २०८१

2993 views

2993 views

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।


मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका