६ मंसिर २०८१, बिहीबार
ताजा खबर

विद्यार्थी महोत्सवमा १ लाख युवा दर्शक

नागरिक पोष्ट

शुक्रबार, ४ जेष्ठ २०८१

6444 views

6444 views

विद्यार्थी महोत्सवमा १ लाख युवा दर्शक

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ‘विद्यार्थी महोत्सव’ ले ‘कल्चरल मूभमेन्ट’ को शुरुवात गरेको बताएका छन् । महोत्सवमा एक लाख विद्यार्थीले अवलोकन गरेको आयोजकको भनाई छ । ‘विद्यार्थी महोत्सव(२०८१’ विद्यार्थी आन्दोलनको ‘प्याराडाईम सिफ्ट’ को ऐतिहासिक घटनाका रुपमा रहने अध्यक्ष बडालको विश्वास छ ।


यही जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित महोत्सव ‘विद्यार्थी महोत्सव’ मात्र नभएर देशप्रतिको विद्यार्थीको कर्तव्यबोध र शिक्षामा आमूल परिवर्तनको लागि फरक अभियान भएको बडालको भनाई छ । उनले राजनीतिप्रति युवापुस्ताको नयाँ धारणा बनाउन महोत्सव सफल भएको उल्लेख गरे ।

‘विद्यार्थी आन्दोलनको जीवनमा एक नवीनतम प्रयोग थियो विद्यार्थी महोत्सव(२०८१ । देशमा केही गर्नुपर्दछ र केही गर्न सकिन्छ भन्ने आशा जगाउने अभियान थियो । ‘आइ हेट पोलिटिक्स होइन, आइ केयर पोलिटिक्स’ भन्ने नयाँ पुस्ता निर्माणको शुरुवात थियो,’ अध्यक्ष बडालले चर्चा गरे ।

महोत्सवले विद्यार्थी वर्गमा राँके जुलुस लिएर सडक आन्दोलन गर्ने विद्यार्थी संगठनको आन्दोलनको छबिलाई परिवर्तन गर्दै नयाँ विचारधाराको रचनात्मक र सिर्जनशील विद्यार्थी संगठन निर्माणको छबि बनाउने आयोजकको विश्वास छ ।
अध्यक्ष बडालले महोत्सवले अवको विद्यार्थी आन्दोलनलाई शिक्षाको गुणस्तर, समानता, पहुँच विस्तार र रोजगारीसँग जोड्ने गरी अगाडि बढाउन प्रेरणा दिएको बताए ।

‘यो एक ‘कल्चरल मूभमेन्ट’ को शुरुवात हो । हामी लामो यात्रा तय गर्दैछौं । आफू र सरकारलाई प्रश्न गरेर आफैंलाई परिमार्जन गर्दै परिवर्तनका लागि दवाब सिर्जना गर्नुपर्छ । हामी शिक्षामा समानता, गुणस्तर र रोजगारीको सुनिश्चिताको लागि आन्दोलनलाई अझै घनिभूत बनाउने छौं । देशमा राजनीतिक स्थिरताको लागि रचनात्मक आन्दोलन हाम्रो केन्द्रमा हुने छ । विद्यार्थी महोत्सवले हामीलाई थप उर्जा र हौसला प्रदान गरेको छ’ बडालले भने ।

महोत्सवमा सीप विकास, कला, साहित्य, मनोरञ्जनदेखि रोजगारी र विद्यार्थी आन्दोलनमा विभिन्न समयमा भूमिका निर्वाह गरेका शीर्ष नेतृत्वसँग विद्यार्थी आन्दोलनको भविष्यबारे विषयगत सत्रमा अनेरास्ववियुले छलफल र विमर्शको समन्वय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?