७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा

नागरिक पोष्ट

सोमबार, २६ चैत्र २०८०

6937 views

6937 views

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं, २६ चैत । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये ५ जना उम्मेदवारको नाम छनोट भएको छ । बोर्डका अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा। नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठको नाम छनोट भएका छन् ।

जसमध्ये कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समिति ९हाल बिमा प्राधिकरण० का पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो । म्यादभित्र १९ जनाले आवेदन दिएका थिए । तीमध्ये अहिले ५ जना उम्मेदवार छनोटमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?