७ कार्तिक २०८१, बुधबार

ताजा खबर

गर्मी बढ्यो, भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४० डिग्री

नागरिक पोष्ट

आईतवार, २५ चैत्र २०८०

9606 views

9606 views

गर्मी बढ्यो, भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४० डिग्री

काठमाडौं ।  देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जसका कारण गर्मी महसुस हुन थालेको छ ।  मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान भैरहवाको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस थियो । यस्तै, नेपालगञ्जमा ३६.६, धनगढीमा ३६.५, सिमरामा ३६.४ र काठमाडौंमा ३१.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।  सबैभन्दा कम तापक्रम २२.३ डिग्री सेल्सियस मापन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?