७ कार्तिक २०८१, बुधबार

ताजा खबर

निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो

नागरिक पोष्ट

शुक्रबार, २३ चैत्र २०८०

9589 views

9589 views

निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आज दिउँसो गर्ने भनिएको निर्वाचन आयोगसँगको छलफल दुई दिनपछि सरेको छ ।

प्रस्तावित निर्वाचन कानूनका विषयमा परामर्शका लागि आज दिउँसो मन्त्री लामिछाने आयोग जाने कार्यक्रम थियो ।


‘मन्त्रीज्यू समितिको काममा व्यस्त हुनुभएको खबर आयो’ निर्वाचन आयोग स्रोतले खबरहबसँग भन्यो,‘ आजको कार्यक्रम आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।’

आइतबार आयोगमा गृहमन्त्री लामिछानेलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक र राजनीतिक दलसम्बन्धी ऐनका विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?