१७ चैत्र २०८१, सोमबार
ताजा खबर

फागुन महिनाको मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत

नागरिक पोष्ट

शुक्रबार, २३ चैत्र २०८०

8756 views

8756 views

फागुन महिनाको मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत

काठमाडौं । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४४ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९५ प्रतिशत रहेको जानकारी दिएको हो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८ दशमलव १७ प्रतिशत, तरकारीको १४ दशमलव ०७ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव २२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७ दशमलव ११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११ दशमलव ७९ प्रतिशतले घटेको छ ।

२०८० फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८८ प्रतिशत, तराईको ४ दशमलव ४२ प्रतिशत, पहाडको ५ दशमलव ४९ प्रतिशत र हिमालको ४ दशमलव ४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलव ९५ प्रतिशत, ७ दशमलव ५० प्रतिशत, ६ दशमलव ६७ प्रतिशत र ८ दशमलव ०७ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?