६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मधेश प्रदेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव

नागरिक पोष्ट

मंगलवार, ६ चैत्र २०८०

5713 views

5713 views

मधेश प्रदेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव

काठमाण्डौ — मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरेर एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाउनुभएको छ ।

मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले नेता यादवलाई मन्त्रीमा नियुक्त गरेर आजै शपथ गराउनुभएको हो । मधेश प्रदेशमा २४ जना सांसद रहेको एमालेलाई जम्मा चार वटा मन्त्रालय दिने सहमती भएको मुख्यमन्त्री यादवको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?