६ मंसिर २०८१, बिहीबार
ताजा खबर

सहायक महामन्त्रीसहित तीन जनालाई राप्रपाले निलम्बन गर्यो

नागरिक पोष्ट

सोमबार, ५ चैत्र २०८०

9351 views

9351 views

सहायक महामन्त्रीसहित तीन जनालाई राप्रपाले निलम्बन गर्यो

काठमाडौं , राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई निलम्बन गरेका छन् ।

पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं- ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई अध्यक्ष लिङ्देनले चार वर्षका लागि निलम्बन गरेका हुन् ।

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?