बुधबार, ५ मंसिर २०८१
1361 views
1361 views
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
बुधबार दिउँसो राजधानी काठमाडौंमा भएको द्वियपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतबारे अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरूबीच छलफल भएको छ ।
भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सवालमा जसपा नेपाल र रसियन कम्युष्टिट पार्टीबीच समान धारणा रहेको निष्कर्ष निकालिएको छ।
परिवर्तनबाट मिलेका अहिलेका उपलब्धि रक्षाका लागि दुवै पार्टी प्रतिबद्ध रहेको जसपा नेपालका अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।