६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

गठबन्धन कार्यदलको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई

नागरिक पोष्ट

शनिबार, ३ चैत्र २०८०

9453 views

9453 views

गठबन्धन कार्यदलको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरूलाई बुझाएको छ ।

दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बुझाइएको कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा। मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा ९एकीकृत समाजवादी० बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।


सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनताको निराशालाई चिरेर सरकारप्रति आशा र विश्वास जगाउने विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?