७ कार्तिक २०८१, बुधबार

ताजा खबर

१४ मन्त्रीले सपथ लिने

नागरिक पोष्ट

बुधबार, २३ फाल्गुन २०८०

5237 views

5237 views

१४ मन्त्रीले सपथ लिने

काठमाडौं  । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिपरिषदमा सामेल थप १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनियताको सपथ लिइसकेका छन् ।


जसका लागि राष्ट्रपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनियताको सपथ लिँदैछन् । बिना विभागीय मन्त्रीको हैसियतमा सपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?