७ कार्तिक २०८१, बुधबार

ताजा खबर

निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्‍याइयो, साउनबाट लागू हुने

नागरिक पोष्ट

सोमबार, २१ फाल्गुन २०८०

6835 views

6835 views

निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्‍याइयो, साउनबाट लागू हुने

काठमाडौँ ।  संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्‍याइएको छ तर यो आर्थिक वर्ष २०८१ साउनदेखि मात्रै लागू हुने छ । ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउनेछ ।’ तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद अन्ठाउन्न वर्ष कायम रहने छ । 

सो व्यवस्था अनुसार यदि सरकारले यो आर्थिक वर्ष अर्थात् असार भित्र ऐन ल्याउन सकेको अवस्थामा साउनदेखि एकमुस्ट रूपमा ६० वर्ष लागू हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?