७ कार्तिक २०८१, बुधबार

ताजा खबर

काभ्रेको कुस्पामा महिला सशक्तिकरण तालिम सम्पन्न

नागरिक पोष्ट

बिहीबार, १७ फाल्गुन २०८०

11017 views

11017 views

काभ्रेको कुस्पामा महिला सशक्तिकरण तालिम सम्पन्न

काभ्रे  । कुष्पा वडा नं ६ महिला भवनमा श्री डाँडापारी दिगोतारा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा दुई दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको हो । तालिम सोही वडाको महिला सहकारी भवनमा सम्पन्न भएको हो । खानीखोला गाउँपालीकाको आर्थिक सहयोगमा सहकारी संस्थाले तालिमको आयोजना गरेको आयोजक टिमले जानकारी गराउनु भयो । 


यस कार्यक्रमका प्रमुख अतिथी खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ हुनु हुन्थ्यो । त्यस्तै कार्यक्रमको सभाअध्यक्ष भवानी दर्लामीले गर्नु भएको थियो । विशेष अतिथी रत्न काजी बज्रचार्य र मेनुका थापा, देवन सिह लामा,दुर्गा पाण्डे लगायतको उपस्थीत रहेको थियो ।


त्यस्तै ६ न वडाहरूबाट महिला आमाहरूको पनि उत्साहाजनक उपस्थीत रहेको थियो । यस कार्यक्रमको सञ्चालन फुलमाया तामाङंले गर्नु भएको थियो । महिला सशक्तिकरण तालिम फाल्गुन १४ र १५ गते सञ्चालन भएको थियो । कार्यक्रमको सहजीकरण प्रशिक्षक मेनुका थापा,रत्न बज्रचार्य र दुर्गा पाण्डेले गर्नु भएको थियो । 

महिलाहरूको उल्लेखनी उपस्थीतमा प्रशिक्षक मेनुका थापाले बोलेका प्रत्येक बोलीमा ताली बजाउदै आमा दिदीबहीनीहरुले तालिम लिनु भयो । प्रशिक्षक मेनुका थापाले महिलाहरुको हर पिर व्यथा खुशी साट्न महिला समूह,आमा समूह,तथा किशोरी समुहको आवश्यकता पर्ने बताउनु भयो । महिलाहरुले बचत गर्ने बानी बसाल्नु पर्ने आवश्यक छ,उहाँले बताउनु भयो । त्यसैले थोरै थोरै जम्मा गर्न सहकारीको पनि उतिकै महत्व रहेको हुन्छ भनेर उपस्थित समुहलाई थापाले सरल तरिकाले बताउनु भयो । हरेक क्षेत्रबाट महिला सशक्तिकरण हुँदै जानू पर्छ भन्दै तालिम र गित बाट व्यक्त गर्नु भयो ।


त्यस्तै प्रशिक्षक दुर्गा पाण्डेले पनि महिला शसक्तिकरणको लागी सबै भन्दा पहिला आफु नै बलियो हुनु पर्ने र त्यसको लागि सिप सिकेर बचत गर्नु पर्ने लगायतको विषयमा तालिम प्रदान गर्नु भएको थियो । 


त्यस्तै गरि तालिम समारोहमा बोल्दै कार्यकारी निर्देशकले आफू सचिव छदाको कुरा सम्झेर यस समुहमा उल्लेखनीय उपस्थीत रहेको देखेर आफू भावुक भएको बताउनु भयो । रक्षा नेपालले केही सानो सहयोग मात्र गरेको हो तर सबै मिलेर गर्न सके सबैले फलदायी उपलब्धी प्राप्त गर्न सकिने कुरामा दुईमत नभएको उहाँले बताउनु भयो । त्यति मात्र होईन स्थानीय सरकार र रक्षा नेपालको साथ र सहयोग सदा चाहिने बताउनु भयो ।


त्यस्तै गरि वडा नं.६ का अध्यक्ष बृहस्पति घिसिङ ले पनि महिला सशक्तिकरण तालिम आयोजना गरेकोमा आयोजक तथा प्रायोजकलाई धन्यवाद दिनु भयो । साथै रक्षा नेपालको साथ र सहयोग गाउँपालिकाले पाएकोले पनि उहाँले खुशी व्यक्त गर्नु भयो ।

त्यस्तै वडा सदस्य देवन सिंह लामाले पनि  कार्यक्रममा रक्षा नेपालको उपस्थीत भएको र संस्थाले विभिन्न समयमा विभिन्न तरिकाले सहयोग गरेकोमा धन्यबाद दिनु भयो ।

तालिममा उक्त वडाका समाजसेवी खड्ग बहादुर राणा, सहकारी भवन बनाउन जग्गा दीएर सहयोग गर्ने चन्द्र बहादुर राणा आदीको उपस्थीत रहेको थियो ।

त्यस्तै तालिममा बोल्दै खानीखोला गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी ईन्द्र बहादुर थिङले पनि सहकारिले गर्ने महिला सशक्तिकरणका लागि सबै किसिमको कार्य गर्न सहयोग गर्ने प्रतिबद्वता जनाउनु भयो । आफू अध्यक्ष भएर आए देखि हरेक वर्ष सहकारीले गर्ने कार्यक्रम र तालिममा साथ र सहयोग गर्दै आएको उहाँले बताउनु भयो । तर संघियता आए देखि सबैले सहजै कार्य गर्न सक्ने र मानिस खुशी नहुनु को कारण पैसा नहुनु र घरमा मिल्ती नहुनु हो । आफुसँग भएका कुरा सँग मानिस सुखी छैन जसले गर्दा दुख आm्नै कारण्ले भएको बताउनु भयो । आफुसँग जो छ त्यसैमा रमाउनाले  अधा दुख घट्छ उहाँले भन्नू भयो । तालिममा यस्ता समान्य कुुरा बुझ्न सके जीवन सुखी र खुशी दुबै हुन्छ । बिकासका अरू आयाम र पाटोहरू सामाजिक र भौतिक विकास हुनु पर्छ । हाम्रो लागि रक्षा नेपालले प्रत्येक वर्ष कार्यक्रम ल्याउँछ र अब हामी पनि महिलाको वृद्वी बिकासको लागि सहकार्य गर्दै जाने प्रतिवद्वता दिनु भयो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?