७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बैंकिङ क्षेत्रप्रति भ्रमित गर्ने दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण : सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ – राष्ट्र बैंक

नागरिक पोष्ट

मंगलवार, ८ फाल्गुन २०८०

9878 views

9878 views

बैंकिङ क्षेत्रप्रति भ्रमित गर्ने दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण : सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ – राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको हो ।

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ’, राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न बैंकले अनुरोध गरेको छ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू निर्देशनअनुरूप नै रहेको पनि बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?