७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सर्वोत्तम सिमेन्टको सर्वसाधारणका लागि आइपीओ फागुन १३ गतेदेखि निष्काशन

नागरिक पोष्ट

बिहीबार, ३ फाल्गुन २०८०

9079 views

9079 views

सर्वोत्तम सिमेन्टको सर्वसाधारणका लागि आइपीओ फागुन १३ गतेदेखि निष्काशन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि निष्काशन मिति तय गरेको हो ।

कम्पनीले  कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?