३१ भाद्र २०८१, सोमबार

ताजा खबर

नेपाल र अस्ट्रेलियाबिच व्यापार,लगानी सम्झौता: मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

नागरिक पोष्ट

शुक्रबार, २६ माघ २०८०

8790 views

8790 views

नेपाल र अस्ट्रेलियाबिच व्यापार,लगानी सम्झौता: मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुग्ने विश्वास

काठमाडौँ। नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्र मन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो।

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

परराष्ट्र मन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्‍याउन सम्झौता महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?