१८ मंसिर २०८१, मंगलवार
ताजा खबर

पेट्रोलको मूल्य एकैपटक ५ रुपैयाँले घट्यो

नागरिक पोष्ट

शुक्रबार, ३२ श्रावण २०८१

4676 views

4676 views

पेट्रोलको मूल्य एकैपटक ५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.९६ रुपैयाँले घटेर आएको छ ।


मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२.५० रुपैयाँ र डिजेलको मूल्य १५२.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?