३ आश्विन २०८१, बिहीबार

ताजा खबर

घट्यो डिजेल पेट्रोलको मूल्य, कतिमा हुदैँछ कारोबार ?

नागरिक पोष्ट

सोमबार, ३१ भाद्र २०८१

511 views

511 views

घट्यो डिजेल पेट्रोलको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आएपनि नेपालमा पनि मूल्य समायोजना निगमले जनाएको छ ।


नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेलरमट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ ।

त्यस्तै, डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् भने दोस्रोमा सुर्खेत र दाङ पर्दछन् । त्यस्तै, काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?